काठमाडौं । राष्ट्रिय सभामा आज गृहमन्त्री सुधन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित ८ मन्त्रीले बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदैछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ ।
रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयमाथिको प्रश्नको जवाफ पनि आजै प्रस्तुत हुनेछ ।
यसबाहेक राष्ट्रिय सभाका अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित विधेयकहरू अगाडि बढाउँदैछन् ।
यस अन्तर्गत आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि अगाडि बढाइँदैछ ।






































