वि.सं.२०८२ वैशाख ९ मंगलवार

गोरखाको बारपाकमा कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामी बढे, गाउँपालिकाले माग्यो प्रदेश र केन्द्रको सहयोग

गोरखा । गोरखाको बारपाकमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामीको संख्या बढेपछि बारपाक सुलिकोट गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहयोग मागेको छ।

गाउँपालिकाको एकल प्रयासबाट मात्रै यसको नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा चुनौती देखा परेकोले महामारी नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारसँग सहयोग माग गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए।

उनले प्रदेश र केन्द्रका सांसदसँग पनि सहयोगको आग्रह गरेका छन्। यहाँबाट केन्द्रमा बाबुराम भट्टराई र प्रदेशमा प्रकाशचन्द्र दवाडी सांसद छन्।

साथै सबै राजनीतिक दलहरूलाई यस अवस्थालाई सामान्यीकरण गर्न अध्यक्ष भट्टले आग्रह गरेका छन्।

जेठ लागेपछि बारपाकमा मानिसहरूको मृत्यु बढेको छ।

१३ दिनमा १२ जनाको मृत्यु भएको हो। बारपाकमा ज्वरो र रूघाखोकीका बिरामी देखिएका छन्।

यो कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकोले गाउँपालिकाले बारपाकीको परीक्षण र उपचारमा प्रदेश र केन्द्र सरकारको सहयोग खोजेको छ।