वि.सं.२०८३ असार १९ शुक्रवार

टेलिकम बिलिङ सिस्टम भ्रष्टाचार मुद्दा : सुनिल पौडेलसहित १८ जनाविरुद्ध सुनुवाइ सुरु

khanepani

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसमेतले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित १८ विरुद्ध ३३ करोड बिगो मागदावी गरेको छ ।

२०६८ पुस ६ गते तत्कालीन प्रबन्ध निर्देशक पौडेल समेतले चिनियाँ कम्पनी एसिया इन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ र ग्राहक समर्थन (सीआरटीबी एन्ड सीएस) विलिङ प्रणालीका लागि सम्झौता गरेका थिए ।

जसको उद्देश्य विभिन्न प्लेटफर्ममा विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन, वायरलेस ब्रॉडब्यान्ड आदि दूरसञ्चार सम्बन्धी सेवाहरू एउटै प्लेटफर्ममा एकीकृत गर्नु, रियल–टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना गर्नु र अपडेट गर्नु रहेको थियो । खरिद सम्झौतामा वार्षिक मर्मत सम्भार सम्झौताअन्तर्गत ६ वर्षसम्मलाई सेवा दिन सकिने र वार्षिक मर्मत सम्भार (एएमएसी) लिने दिने कार्य ५ प्रतिशत घट्दो दरमा भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।

ranechhap