वि.सं.२०८२ वैशाख ९ मंगलवार

काठमाडौं जिल्ला प्रशासनको उर्दि, निषेधाज्ञामा खाद्यबस्तु आवश्यक भए खाद्य र साल्टेडिङमा जानु

काठमाडौं । काठमाडौं उपत्यकामा यहि १४ गतेदेखि २० गतेसम्म लकडाउनलाई थप कडाई बनाउने गरि निषेधाज्ञाजारि भएको छ । यो अवधिमा खाद्यन्य पसलहरु पनि पूर्णरुपमा बन्द भएपछि सरकारको चौतर्फी आलोचना भएको छ ।

जनस्तरबाट सरकारी कार्यशैलीको आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज एक सार्वजनिक सूचना जागिर गरेका छन ।

उनले सो सूचनामा काठमाडौमा खाद्य बस्तुको समस्या भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टेडिङ कर्पोरेशन कम्पनी केहि व्यक्ति र संस्थानको नाम दिएका छन । जुन संस्थाका प्रमुखहरुको फोन महिनौसम्म पनि उठ्दैनन । सर्वसाधारणले फोन गर्दा यीनीहरुका फोन नउठेमा कोसंग उजुरी गर्ने सो सूचनामा खुलेको छैन ।

साथै सरकारले यसरीनेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टेडिङ कर्पोरेशन कम्पनीबाट सामान किन्नु सर्वसाधारणमा सूचना जारि गर्न नेपालको विद्यमान कानूनले दिन्छ कि दिर्दैन ? यस विषयमा पनि छलफल हुनु आवश्यक भएको व्यपारीहरुको तर्क रहेको छ ।