वि.सं.२०८३ वैशाख २१ सोमवार

पौडेललाई देउवाको जवाफ, ‘महाधिवेशन नगरेर मलाई कलंकको टीका लगाउनु छैन’

khanepani

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसमा कोरोना महामारीबीच नै कसरी महाधिवेशन गर्ने भन्ने बहसले ठाउँ पाएको छ।

महाधिवेशन आउन अब दुई महिनामात्रै बाँकी छ।

कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा गर्ने घोषणा गरेको थियो।

तर महाधिवेशनका मतदाता अझै निश्चित भइसकेको छैन। क्रियाशील सदस्यता वितरण र नवीकरणका काम टुंग्याएपछि तिनै क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि चुन्छन् र उनीहरू नै महाधिवेशनका मतदाता हुन्छन्।

१० लाख क्रियाशील सदस्य बनाउने तयारी गरेको कांग्रेसले अहिलेसम्म ७ लाख हाराहारीमा क्रियाशील सदस्यको नाम टुंगो लगाएको छ। प्रदेश नम्बर २ का अधिकांश जिल्ला र सिन्धुपाल्चोकमा क्रियाशील सदस्यताका काम धमाधम अगाडि बढेका छैनन्।

महाधिवेशन कसरी गर्ने भन्नेबारे आज प्रेस युनियनले गरेको ३१ औं स्थापना दिवसमा पनि कुरा उठ्यो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई केही उपाय पनि सुझाएका थिए।

पौडेलका अनुसार २०७२ सालमा भएको १३ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिन्छ।वा अहिले जति क्रियाशील सदस्य छन् तिनैबाट पनि महाधिवेशन गर्न सकिन्छ।

होइन भने, एक वर्षे कार्यकालका पनि भए पनि महाधिवेशन गर्नु पर्ने पौडेलको राय छ। कांग्रेस सभापति देउवाले नियमित चार वर्षे कार्यकाल सकेर डेढ वर्ष थपेको कार्यकाल यही भदौमा सकिँदैछ।

पार्टी विधानअनुसार केन्द्रीय समिति निर्वाचनबाट चयन भएर आउनुपर्ने भएको भन्दै पौडेलले जसरी भए पनि महाधिवेशन गर्नै पर्नेमा जोड दिए।

कि एक वर्षे कार्यकालका लागि महाधिवेशन गरौं। पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘यसबारे पार्टीमा गहन छलफल गरौं, विधानअनुसार त निर्वाचित केन्द्रीय समिति नै चाहिन्छ।’

कांग्रेसका काँधमा अहिले मुख्यत कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, प्रतिनिधि सभा विघटन भएकोले पुनर्स्थापनाका लागि आवश्यक कदम अगाडि बढाउने र कोरोना कहरबीच नै महाधिवेशन गर्ने दायित्व र जिम्मेवारी रहेको वरिष्ठ नेता पौडेल बताउँछन्।

यी कुरामा सफल भएनौं भने भविष्य अन्धकार छ, कामना गरौं हामी सफल हुनेछौं,’ उनले भने।

पौडेलका कुरा सुनिरहेका सभापति देउवाले पुराना महाधिवेशन प्रतिनिधिबाट महाधिवेशन गर्दा नयाँ क्रियाशील सदस्य रिसाउने बताए।

रामचन्द्र पौडेलजीले पार्टी अधिवेशनको कुरा गर्नुभएको छ। अधिवेशन गरेन भन्ने कलंक म व्यहोर्न चाहन्नँ,’ देउवाले भने, ‘म तपाईंसँगै जेलमा पनि बसेको हुँ। कसरी महाधिवेशन गर्ने छलफल गरौं भनेकै छु। सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो।’

उनले कोरोना महामारीबीच पनि महाधिवेशन गर्ने बाटो खोजी गर्नुपर्ने बताएका छन्।

कोरोना आयो त के गर्नेरु यस्तो बेला भेला गरेर मानिस मर्न सक्छन्,’ उनले भने।

यति भनेपछि देउवाले थपे, ‘वास्तवमा मलाई रहर पनि छैन। कोरोना छ यस्तो बेला महाधिवेशन कसरी गर्ने निकास खोजौं भनेको छु।’

अहिले आफूले सर्वोच्चमा रिट दिएकोले प्रतिनिधि सभा पुनर्स्थापना नहुञ्जेल त्यसैमा केन्द्रीत हुनुपर्ने देउवा बताउँछन्।

प्रविधि प्रयोग गर्न सकिन्छ भन्ने छ। नै महाधिवेशन गर्न सकिन्छ भन्ने पनि छ। विकल्प खोज्ने हो, छलफल गर्ने हो। जुन विकल्पमा जान पनि सकिन्छ, जाऔंला,’ देउवाले भने।

कोरोना महामारीबीच नै प्रविधि प्रयोग गरेर महाधिवेशन गर्न सकिने सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रविधिमार्फत् नै क्रियाशील सदस्यता वितरणदेखि उम्मेदवारी दर्ता, भोटिङ र मतगणना गर्न सकिने व्यवस्थापन मिलाउन सकिन्छ,’ शर्माले भने, ‘भौतिक रूपमा महाधिवेशन गर्न सक्ने अवस्था रहेन भने पनि प्रविधिमार्फत् गर्छौं।

ranechhap