वि.सं.२०८३ वैशाख २१ सोमवार

कानूनविद्सँग छलफल गरेर सभामुख संसद विघटनविरुद्ध अगाडि बढ्ने संकेत ?

khanepani

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानूनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गर्दैछन्। कानून विज्ञसँग छलफल गरेर उनी पनि प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा रिट गर्दा गराउने तयारी गर्दै छन ।

उनले आज दिउँसो १ बजे संसद भवन बानेश्वरमा विज्ञहरुसँग छलफल गर्ने भएका हुन । उनी प्रतिनिधिसभा विघटन र त्यसपछिको घटनाक्रममा केन्द्रित हुने सभामुखको सचिवालयले जनाएको छ ।

यही विषयमा सपकोटाले मंगलबार पूर्वसभामुखहरूसँग छलफल गरेका थिए । सरकारको कदमको विपक्षीमा रहेका सभामुखले संसद विघटनको विरुद्ध सार्वजनिक अपिल समेत गरेका छन् ।

ranechhap