वि.सं.२०८३ असार १२ शुक्रवार

सहायक सीडीओको खानामा सङ्खे कीरा भेटिएपछि होटललाई ५० हजार जरिवाना तिराइयो

khanepani

रुपन्देही। पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीमा रहेको रोयल कटेज प्रालिलाई ५० हजार जरिवाना गरिएको छ । सहायक सीडीओ पोषणराज भण्डारीले खाना खाने क्रममा सागमा सङ्खे कीरा भेटिएपछि जरिवाना गरिएको हो ।

बर्दघाट नगरपालिकाका वडामा बालमैत्री घोषणाका लागि अनुगमनमा पुगेको सहायक सिडिओ नेतृत्वको टोली उक्त होटलमा खाना खान पुगेको थियो ।

होटलले खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीद्वारा ५० हजार जरिवाना गरिएको भण्डारीले बताए ।

अनुगमनका क्रममा होटलमा प्रयोग भैरहेका खाद्य सामग्री र खानासमेत अस्वस्थकर भएको बताइएको छ ।

ranechhap