वि.सं.२०८३ असार ११ बिहीवार

नेपाली बजारमा सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आजपनि सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५२ सयले घटेर तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५० रुपैयाँले घटेर तोलाको ४२३५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४८५ मा कारोबार भएको थियो ।

ranechhap