काठमाडौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो डीआरसी मा इबोला भाइरसको प्रकोप तिब्र गतिमा फैलिरहेको छ । गत मे १५ मा महामारी घोषणा भएयता हालसम्म १,०९४ जनामा संक्रमण पुष्टि भएको छ भने २७७ जनाको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार अफ्रिकामा इबोला प्रकोप शुरु भएको पहिलो महिनामै यति ठूलो संख्यामा संक्रमित फेला परेको यो पहिलो पटक हो ।
डब्ल्यूएचओका स्वास्थ्य आपत्कालीन चेतावनी तथा प्रतिकार्य सञ्चालन निर्देशक अब्दिरहमान महमुदले यसलाई अफ्रिकी महादेशमा इबोला प्रकोपको पहिलो महिनामा देखिएको हालसम्मकै उच्च संक्रमित संख्या भएको पुष्टि गरेका छन् ।








































