काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी प्रथम महाधिवेशनको मतदान राति साढे ८ बजेदेखि शुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्बजनिक गर्दै मतदान साढे ८ बजेदेखि शुरु हुने जानकारी दिएको छ । आयोगले ९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवारको प्रारम्भिक सूची समेत सार्बजनिक गरेको छ ।
आयोगले ६ बजेसम्म उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली साढे ६ बजे सार्बजनिक हुने समय तोकेको छ । आयोगले मतदान सम्पन्न भएको २ घण्टामा मतपरिणाम सार्बजनिक हुने जानकारी दिएको छ ।
त्यस्तै दोस्रो चरणमा हुने पदाधिकारीको निर्वाचनको कार्यतालिका त्यसपछि प्रकाशित गरिने आयोगले जनाएको छ ।








































