वि.सं.२०८३ भदौ ९ मंगलवार

गुल्मीको मुसिकोट नगरपालिकाले ल्यायो ६८ करोड ६९ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको बजेट

khanepani

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ६८ करोड ६९ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको २० औं नगरसभामा उपप्रमुख गंगा श्रेष्ठले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि चालू तथा पूँजीगत खर्चको विवरण सार्वजनिक गरेकी हुन् ।

प्रस्तुत बजेट अनुसार चालूतर्फ ४७ करोड ४१ लाख २४ हजार ९ सय रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ २१ करोड २८ लाख २ हजार ९ सय रुपैयाँ छुट्याइएको छ ।

नगरपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगार प्रवर्द्धन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ ।

नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि आवश्यक प्रक्रियामार्फत पारित गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने गरी बजेट ल्याएको बताइएको नगरउपप्रमुख श्रेष्ठले बताइन् ।

ranechhap