वि.सं.२०८३ असार १० बुधवार

बर्दियामा करिब २२ लाख ६७ हजार बराबरका अवैध मोबाइल फोन नियन्त्रणमा

khanepani

बर्दिया । बर्दियामा प्रहरीले करिब २२ लाख ६७ हजार रुपैयाँ बराबरका अवैध मोबाइल फोन नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ स्थित फुटाहा चोकमा सीमा नाकानजिक गस्ती गर्ने क्रममा साइकलमा ६ वटा बोरामा बोकेर ल्याएका मोबाइल जफत गरेको हो । प्रहरीलाई देखेपछि ती व्यक्तिहरू बोरा छाडेर भागेका थिए । त्यसपछि गरिएको जाँचमा ती बोराभित्र विभिन्न ब्रान्डका मोबाइल फोन भेटिएको हो ।

बरामद मोबाइलमा लाभा ब्रान्डका ९७२ थान किप्याड मोबाइल रहेका छन् । ती मोबाइलको अनुमानित बजार मूल्य २२ लाख ६७ हजार २८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया बर्दियामा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap