वि.सं.२०८३ असार ९ मंगलवार

रास्वपाका सह प्रवक्ता रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

khanepani

काठमाडौं । रास्वपाका सह प्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा जारी महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने,‘मेरो आकांक्षा सहमहामन्त्रीको हो । तर, मेरो आकाङ्क्षा प्रधान होइन । सार्वभौम सदस्यहरूले गर्ने निर्णय प्रधान हो ।

सार्वभौम सदस्यहरूले मलाई योग्य ठहर्‍याउनु भयो, प्रतिनिधि साथीहरूको विश्वास मैले कमाउन सकेको रहेछु भने म निर्वाचित हुन्छु, पुरस्कृत हुन्छु। पुरस्कृत भए पनि दण्डित भए पनि म आशीर्वाद सम्झेर स्वीकार्छु ।’

उनले पार्टीमा कुनै गुट नभएको जिकिर गरे ।

ranechhap