वि.सं.२०८३ साउन २३ शनिवार

पहिलो हाफमा क्यानडा तीन गोलले अघि

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा क्यानडाले ३–० को अग्रता लिएको हो ।

khanepani

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा घरेलु टोली क्यानडाले पहिलो हाफमा कतारविरुद्ध तीन गोलको अग्रता लिएको छ ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले ३–० को अग्रता लिएको हो ।

खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

३३औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सिमित छ । पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।

पहिलो हाफमा क्यानडाले कतारलाई दबाबमा राख्न सफल भएको छ ।

ranechhap