काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी र मधेश प्रदेशना २-२ जना तथा कर्णाली र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँमा १६ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा ११ जना र कोशीमा ३६ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ३ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिममा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।








































