वि.सं.२०८३ जेठ २९ शुक्रवार

भारतीय निशानेबाज तथा प्रशिक्षक जसपाल राणाको ४९ वर्षको उमेरमा निधन

khanepani

काठमाडौँ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भारतीय निशानेबाज तथा प्रशिक्षक जसपाल राणाको ४९ वर्षको उमेरमा निधन भएको छ ।

उनको निधनप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंहले गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनले जसपाल राणाको असामयिक निधनले आफू स्तब्ध भएको बताएका छन् । उनले राणा उत्कृष्ट खेलाडी र प्रशिक्षक मात्र नभई सरल, सहज र उदार व्यक्तित्व भएको उल्लेख गरेका छन् ।

रक्षामन्त्री सिंहले भारतमा निशानेबाजी खेललाई लोकप्रिय बनाउन राणाको महत्वपूर्ण भूमिका रहेको बताए । साथै उनले विश्व निशानेबाजी प्रतियोगिता र एसियाली खेलकुदमा स्वर्ण पदक जितेर राणाले भारतको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाएको स्मरण गरेका छन् ।
राणा हाल भारतकी ओलम्पिक पदक विजेता मनु भाकरका प्रशिक्षकका रूपमा काम गरिरहेका थिए । जसपाल राणाले सन् १९९४ मा पहिलो पटक अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा स्वर्ण पदक जित्दै निशानेबाजी क्षेत्रमा आफ्नो पहिचान बनाएका थिए । त्यसपछि उनले लगातार सफलताको यात्रा जारी राखेका थिए । उनले एसियाली खेलकुद, राष्ट्रमण्डल खेलकुद तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अनेक पदक जित्दै भारतका सफलतम निशानेबाजमध्ये एकका रूपमा आफूलाई स्थापित गरेका थिए । उनलाई भारत सरकारले पदमा श्री र अर्जुन अवार्डबाट सम्मान गरेको थियो ।

ranechhap