वि.सं.२०८३ जेठ ३० शनिवार

एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपाल र थाइल्याण्ड भिड्दै

khanepani

काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा आज थाइल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै आज अर्को क्वाटरफाइनल खेलमा हङकङले जापानको सामना गर्दै छ र यो खेल पनि बिहान सवा ७ बजेदेखि शुरु हुदैछ । त्यस्तै युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वाटरफाइनलमा खेल्ने तय भएको छ । यी दुवै खेल विहान ११: ४५ बजेदेखि शुरु हुने छन् । १८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुनेछन् ।

ranechhap