कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–३ ढुंगेबजारस्थित सडकखण्डमा ट्रक र विद्युतीय भ्यान एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
ना ६ ख ७५९७ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०५२५ नम्बरको विद्युतीय भ्यान आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सबै १० जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।








































