वि.सं.२०८३ जेठ २५ सोमवार

लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा यमुना रोका मगर र सचेतकमा नवराज लामिछाने नियुक्त

khanepani

रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछानेलाई नियुक्त गरेका हुन् ।

दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको संसदीय दलको नेता एवं मुख्यमन्त्री आचार्यले बताए । यस अघि प्रमुख सचेतक रहेका रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर थिए ।

चौधरीले सोमबार नै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको सपथ ग्रहण गरेका थिए । त्यस्तै सचेतक रहेकी रोकमा मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो ।

नियुक्त भएका दुवैलाई प्रदेश सभामा दलको नीति, कार्यक्रम तथा निर्णयहरूको प्रभावकारी कार्यान्वयन, संसदीय गतिविधिको समन्वय तथा दलको अनुशासन कायम राख्ने जिम्मेवारी प्रदान गरिएको छ ।

ranechhap