रूपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै दिवंगत कम्युनिष्ट नेता भीमनारायण थारुको सालिकमा माल्यार्पण गर्दै आफ्नो कार्यकालको सुरुवात गरेका छन् |
मन्त्री चौधरीले बुटवल उपमहानगरपालिका-१८ स्थित भीमनारायण थारुको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरेका हुन ।
उनले लोकतान्त्रिक आन्दोलन, सामाजिक न्याय र जनताको अधिकार स्थापनाका लागि भीमनारायण थारुले पुर्याएको योगदान स्मरणीय रहेको बताए ।
माल्यार्पण कार्यक्रमका क्रममा मन्त्री चौधरीले जनताको अपेक्षा अनुरूप कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको विकास र सुधारमा आफू प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे ।
उनले कृषकको जीवनस्तर उकास्ने, सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने तथा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रभावकारी पहल गरिने बताए ।








































