रूपन्देही । रास्वपा कपिलवस्तुको सभापतिमा शिवकुमार सुवेदी पुन: निर्वाचित भएका छन् । जिल्ला अधिवेशनबाट सुवेदी २३५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी विक्रम थापा ६५ मतमा रोकिए ।
यस्तै, उपसभापतिमा रामनिवास पुरी १८० मतसहित विजयी भएका छन् । चिरञ्जीवी शर्माले ८२ मत र अनुप मरासिनीले ३२ मत ल्याए ।
सचिवमा यमलाल आचार्य २०९ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी गुरुदेव पौडेलले ६० र सुशील खत्रीले ४४ मत प्राप्त गरे । सह-सचिवमा देवेन्द्रकुमार शर्मा १२३ मतसहित विजयी भएका छन् ।
शर्माका प्रतिस्पर्धी मोहम्मद अली ९६, जीव लाल ४६ र कृति मल्ल ३२ भोटमा रोकिए ।








































