वि.सं.२०८३ जेठ २५ सोमवार

सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

khanepani

धरान । सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

सुनसरीको झुम्काबाट इनरुवा जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल गएराति बेलुका करिब ११ बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको ट्रिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् ।

प्रहरीका अनुसार ट्रिपर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

तीन जना सवार रहेको मोटरसाइकल चालकको लापर्वाही तथा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

ranechhap