वि.सं.२०८३ जेठ २५ सोमवार

पार्टीको प्रथम जिल्ला अधिवेशनबाट कार्यबाहक जिल्ला सभापति रवि पाण्डे निर्विरोध

khanepani

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला अधिवेशनबाट कार्यबाहक जिल्ला सभापति रवि पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सहसचिवमा राकेश कुमार गुप्ता निर्विरोध भएका छन् । अध्यक्ष र सह सचिव दुवै पदमा एकल उम्मेदवारी परेको थियो ।

गत निर्वाचनको मुखैमा रास्वपाका तत्कालीन जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली काङ्ग्रेस प्रवेश गरेपछि पाण्डेले नै कार्यबाहक सभापतिको रुपमा पार्टीलाई चलायमान बनाउँदै आएका थिए ।

नवलपरासीको बर्दघाटमा जारी अधिवेशनमा अन्य पदहरुमा समेत सहमतिको प्रयास भैरहेको रास्वपाका एक नेताले जानकारी दिए । अधिवेशनमा रास्वपाका सांसदहरु सागर ढकाल, श्रद्धा कुंवर, बिक्रम खनाल र नरेन्द्र गुप्तालगायतको उपस्थिति रहेको छ ।

ranechhap