काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसभामुखहरूबीचको छलफल संसद भवन बानेश्वरमा जारी छ । संसद विघटन र पछिल्ला राजनीतिक घटनाक्रमबारे परामर्श गर्न सापकोटाले बोलाएको छलफलमा तीन पूर्वसभामुख मात्रै सहभागी भएर बैठक बसेका छन ।
पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्तीमात्र छलफलमा गएका छन् । तारानाथ रानाभाट भर्चुअल रूपमा सहभागी भएको सभामुखको सचिवालयले जनाएको छ । सुवास नेम्वाङ, कृष्णबहादुर महरा, ओनसरी घर्ती, रामचन्द्र पौडेल, तारानाथ रानाभाट र दमननाथ ढुंगानासमेत अहिले ६ पूर्वसभामुख छन् ।
पूर्वसभामुख नेम्वाङले भने आफ्नो अर्कै काम परेको भनेर बैठकमा सहभागि भएनन । सभामुख सापकोटा पहिले पनि विघटनको विरुद्ध अदालतमा मुद्धा नै लिएर गएका थिए भने अहिले पनि विघटनको विपक्षमा उभिएका छन ।






































