विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
प्रवक्ता मनिष झाले धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज हुँदै गरेको बताए ।
उनका अनुसार ९ जिल्लाका नवनिर्वाचित सभापति यसप्रकार छन्-
१. सुनसरीः सागर दाहाल
२. झापाः ओम भण्डारी
३. ताप्लेजुङः राजनकुमार गुरुङ
४. मोरङः भरत कडेल
५. तेह्रथुमः सुमन खत्री
६. भोजपुरः ख्यामबहादुर भुजेल
७. सुनसरीः सागर दाहाल
८. संखुवासभाः भक्तनारायण श्रेष्ठ
९. ओखलढुंगाः कृष्णबहादुर थापा








































