वि.सं.२०८३ जेठ २१ बिहीवार

विज्ञहरुको सुझाव नलिई राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउन सकिँदैनः मन्त्री पोखरेल

khanepani

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई विज्ञहरुको पर्याप्त सुझाव नलिई अगाडि बढाउन नसकिने बताएका छन् ।

बिहीवार सिंहदरवारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यसो भनेका हुन् । मन्त्री पोखरेलले उक्त विधेयकका सम्बन्धमा विज्ञहरुको पर्याप्त सुझाव आवश्यक भएकाले त्यसका लागि आवश्यक समयसहितको छलफलको व्यवस्था गर्न पनि संसदीय समितिलाई आग्रह गरे। उनले उक्त विधेयकको दफादफा अध्ययन गरेर त्यसलाई समृद्ध पनि सांसदहरुको पनि ध्यानाकर्षण गराए । उक्त विधेयकमा कुनै पनि छिद्र नरहने गरी छलफल गरेर मात्रै अघि बढनुपर्ने मन्त्री पोखरेलको भनाई थियो ।

उनले भने ‘यो विधेयकको समितिमा दफावार छलफल हुन पनि बाँकि नै छ । त्यो दफावार छलफलमा अझ माननीयजीहरुले यसमा के आवश्यक पर्छ, त्यो संशोधन पनिका पनि अध्ययन गरेर आउन पनि सबै जनालाई अनुरोध पनि गर्दछु । र त्यो दफावार छलफल भएको बेलामा म समितिका सभापतिज्यू, सचिवज्यूलाई के आग्रह गर्दछु भने एक्सपर्टहरुलाई पनि त्यो दिन आएर आफना कुराहरु राख्नका लागि व्यवस्था मिलाई दिनु होला । उहाँहरुको तर्फबाट पनि कुरा सुनेर उहाँहरुको एक्पटिजलाई पनि राखेर त्यसलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । एक दिनमा भ्याईएन भने कति दिन आवश्यक पर्छ ? एकै दिनमा सबै कुरा टुंग्याउन पनि आवश्यक छैन । यसलाई दफादफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुपहोल त्यहाँ नरहने गरी एउटा राम्रो विधेयक बनाएर मात्रै त्यसलाई यताबाट अगाडि बढाउन पनि आग्रह गर्दछु ।’

मन्त्री पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा विज्ञहरुको सुझाव महत्वपूर्ण हुने भएकाले सरकारले त्यसमा विशेष ध्यान दिएको पनि स्पष्ट पारे।

ranechhap