वि.सं.२०८३ वैशाख ५ शनिवार

यसरी पुगिन लायन संगीता शर्मा बालगृहमा सहयोग गर्न खाद्यबस्तु

khanepani

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टको महामारीले मानव जीवनलाई चुनौति दिइरहेको छ । यो महामारीले लाखौ मानिसहरुले जीवन बलिदन गरिसकेका छन । नेपालमा दोस्रो कोरोनाको दोस्रो लहर सँगै सरकारले निषेधाज्ञा जागि गरेपछि विभिन्न वृद्धआश्रम तथा बाल गृहहरुमा धेरै गाह्रो समस्या परेको छ ।

पेप्सिकोला स्थित न्यू कोपिला बाल आश्रम नेपालमा २७ बालबालिकाहरु छन
कोभिड १९ को दोश्रो चरणको लकडाउनका का अतिनै समस्या भएको आश्रका संचालक प्रज्वला थापाले खबर गरेपछि लायन संगीताको टीम आज लायन्स फुडबैंक अन्तर्गत खाद्यबस्तुहरु चामल, तेल र हरियो तरकारी लिएर पुगेको स्थानीयहरुले बताएका छन।

यस कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटिका चार्टर प्रेसिडेन्ट तथा रिजन चियरपर्सन इन्द्र ब कार्की , ग्रीन सिटिका कोशाध्यक्ष राज भट्ट , लायन्स स्मार्ट सिटिका चार्टर्ड प्रेसिडेन्ट तथा सामाजिक अभियान्ता संगीता शर्मा स्मार्ट सिटिका प्रथम उपाध्यक्ष यम प्र श्रेष्ठ कोशाध्यक्ष नमुना श्रेष्ठ त्यसैगरी ग्रीनसिटिका क्लब डाइरेक्टर मुना श्रेष्ठ र पर्ल सिटिका राजन श्रेष्ठसहित यो खाद्यन्न वितरण कार्यक्रममा सहभागिता जनाएका थिए ।

भोलिका दिनहरुमा पनि यस्तै सहयोग निरन्तर रुपमा गर्दै जाने यस कार्यक्रमका संंयोजक लायन संगीता शर्माले बताइन ।

ranechhap