वि.सं.२०८३ जेठ २० बुधवार

सभापति रवि लामिछानेसँग भेटेपछि मोदीले भने, ‘नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई समर्थन गर्छु’

khanepani

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्तापछि प्रसन्नता व्यक्त गरेका छन् ।

साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छालाई आफूले पूर्ण समर्थन र स्वागत गर्ने उनको भनाइ छ ।

भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा मोदीले यस्तो टिप्पणी गरेका हुन् । छिमेकी पहिलो नीति अन्तरगत नेपाल भारतको प्राथमिकताप्राप्त साझा राष्ट्र भएको उनले बताएका छन् ।

मोदीको ट्विट यस्तो छ:

नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु ।

हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिकताप्राप्त साझेदार राष्ट्र हो । नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउने अपेक्षा र प्रतिबद्धता राखेका छौँ ।

ranechhap