वि.सं.२०८३ जेठ २० बुधवार

अध्यक्ष केपी ओलीको आक्रोश- के-को सम्पत्ति विवरण ? खरानी उठाएर लैजा सरकार

khanepani

काठमाडौं । एमाले अध्यक्ष केपी ओली सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई बयान नदिने घोषणा गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्ता आयोगलाई मान्यता नदिने बताए।

उनले भने, ‘अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। यो राज्य, राज्य होइन। कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। त्यो आयोग कि समिति के हो? त्यो कुनै संवैधानिक आयोग, समिति केही पनि होइन।’

उनले थपे, ‘फेरि पनि म भन्न चाहन्छु, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्नँ, जे जे गर्न सक्छ गरोस्। यो राज्य। यो पूर्वाग्रह र प्रतिशोधको पोको हो, त्यो कुराहरू स्वीकार्य हुन सक्दैन। अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण, खरानी भर्दिने मैले? सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण? खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण?’

ranechhap