वि.सं.२०८३ वैशाख २ बुधवार

बालगृहका ४९ जनालाई एकैपटक कोरोना संक्रमण

khanepani

काठमाडौं । काठमाडौंको दुई बालगृहका ४९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई (कोभिड १९) पुष्टि भएको यो पहिलो पटक हो । नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बाल मन्दिरमा संरक्षणमा रहेका ४९ जनामा संक्रमण पुष्टि भएको संगठनका महासचिव समिक बडालले जानकारी दिए ।

‘सिफलका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा पोजिटिभ देखिएको छ । नक्सालको बालगृहमा रहेकाको पनि केयर टेकरसहित २३ जनामा पनि संक्रमण देखिएको छ । रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या बढ्नसक्छ’, बडालले भने ।

दुई बालगृहका कुल संक्रमित ५९ मध्ये १० जना छन् ।

संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका छन् । केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण रहेको बडालले जानकारी दिए । एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएको उनले बताए ।

बडालका अनुसार नजिकै रहेको बहिरा विद्यालयलाई व्यवस्थापन गरी त्यहाँको भवनमा नक्सालका बालबालिका राख्ने मन्त्रिपरिषद्ले निर्णय गरेपनि कार्यान्वयन नहुँदा ठाउँ अभाव भएको छ ।

ranechhap