वि.सं.२०८३ साउन ७ बिहीवार

बढुवा भएको एक महिना बित्दा समेत भएन सशस्त्रका डीआईजीको पदस्थापन, मौखिक आदेशकै भरमा काम

khanepani

काठमाडौं । बढुवा भएको एक महिना बित्दा समेत सशस्त्र प्रहरीका डीआईजी (सशस्त्र प्रहरी नायव महानिरीक्षक) हरूको पदस्थापन हुन सकेको छैन ।

डीआईजीको पदस्थापन नहुँदा अहिले आईजीपीकै मौखिक आदेशको भरमा तोकिएको ठाउँमा बसेर डीआईजीहरूले काम गर्नु परेको छ ।

१२ वैशाखमा सशस्त्रका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका थिए । २२ वैशाखको निर्णय अनुसार उनीहरू डीआईजीमा बढुवा भए । बढुवा भएका ६ डीआईजीहरू दिग्विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीले २८ वैशाखमा दर्ज्यानी चिन्ह प्राप्त गरे ।

सामान्यतया बढुवा कर्न्फम भएकै बेला पदस्थापनको सूचना समेत एकै पटक निकाल्ने गरिन्छ । बढुवा भएको एक महिना बित्न लाग्दा समेत ६ डीआईजीको अहिलेसम्म पदस्थापन हुन सकेको छैन ।

सशस्त्र प्रहरी नियमावलीअनुसार एसएसपी र डीआईजीको सरुवा तथा पदस्थापनको जिम्मा गृहमन्त्रीको हुन्छ । ९ वैशाखमा तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि अहिले गृहमन्त्रालय हेर्ने छुटट्ै विभागीय गृहमन्त्री छैनन् ।

गृह मन्त्रालय समेत प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) आफैंले राखेका छन् । जसकारण एसएसपी, डीआईजीको सरुवा तथा पदस्थापनको जिम्मा पनि अहिले गृहमन्त्रीकै हैसियतमा बालेनकै छ । तर एक महिना बित्दा समेत बालेनले सशस्त्रका डीआईजीको पदस्थापन गरेका छैनन् ।

आईजीपीकै मौखिक आदेशको भरमा डीआईजीहरूले जिम्मेवारी सम्हालेर काम गरिरहेको अवस्था छ ।

ranechhap