काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष नेत्र शाहीसहितका नेता कार्यकर्ता नेकपा भित्रिएका छन्।
२० विद्यार्थी नेताहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल, नेता अग्नि सापकोटालगायतले पार्टीका स्वागत गरेका हुन्।
नेकपा भित्रिनेहरूमा सचिवहरू नरबहादुर कुमाल, नवराज विक, कोषाध्यक्ष लक्ष्मण विकलगायत रहेका छन्। पार्टीमा भित्रिएकाहरूलाई उचित जिम्मेवारी दिने अध्यक्ष प्रचण्डले बताए।

























