काठमाडौं । पूर्वराजाको समर्थनमा मौसमी आभसभा र केहि थान वक्तmव्य प्रकाशित गर्दै आएको राष्ट्रिय शक्ति नेपालले प्रतिनिधिसभा विघटन प्रति रोश प्रकाट गरेको छ ।
राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले एक वक्तmव्य जारि गर्दै भनेका छन, कोभिडले मानिसहरु मरेको ह्रदयविदारक दृष्यले राज्य संचालकहरुलाई छोएन । उनीहरु शक्तिहत्याउने खेलमा लागि रहनुले राज्य संचालकहरु दैनिक गैरजिम्मेदार भएको देखिएको छ ।
राज संस्थालाई पाखा लगाएर राज्य संचालकहरुले गैर जिम्मेदारी निभाएका कारण जनताले महामारीमा आफुलाई असुरक्षित महशुस गरिरहनु परेको छ ।
अहिले मुलुकलाई राजसंस्थाको अविभावकत्व महशुस भएको हामिले आत्माबोध गरेका छौं विष्टले बक्त्तव्यमा उल्लेख गरेका छन । 









































