काठमाडौं । बानेश्वरस्थित स्थिति निजामती कर्मचारी(सिभिल) अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले मुख्य सचिव समक्ष राजीनामा दिएका हुँन् ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रेग्मी २०८१ फागुन २८ गते अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
उनको कार्यकाल ४ वर्षको थियो । सरकार परिवर्तनपछि बदलिएको परिस्थितिमा आफूले राजीनामा दिएको उनले बताएका छन् ।
‘बदलिएको राजनीतिक घटनाले पदावली बाँकी छँदै राजीनामा दिएको हुँ,’ डा. रेग्मी भने, ‘सरकारको नीतिलाई सम्मान गर्दै निर्देशकपदबाट अलग भएको छु ।’
डा. रेग्मीको राजीनामासँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी ग्याट्रोइन्टेरोलोजिष्ट डा. रवि प्रकाश शर्मालाई दिएको छ ।








































