वि.सं.२०८३ जेठ १३ बुधवार

उद्योगमन्त्री भन्छिन्, ‘चिया निर्यातमा देखिएको समस्या समाधान गर्न भारतसँग कूटनीतिक पहल भइरहेको छ’

khanepani

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै १८ जिल्लामा २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको बताइन्।

चिया क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ६० हजार जनाले रोजगारी पाइरहेको उनले बताइन्।

उनले भनिन्, ‘आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो, जसको ८० देखि ९० प्रतिशत भारततर्फ जाने गरेको छ। भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएको छ। परीक्षण रिपोर्ट नआएसम्म चिया गोदाममा राख्नुपर्ने, जसले गुणस्तरमा असर र व्यापार लागत वृद्धि हुने अवस्था सिर्जना भएको छ।’

उनले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको बताइन्। उनले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिएको, चिया व्यवसायीसँग छलफल गरिएको तथा नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत निरन्तर समन्वय गरिरहेको बताइन्।

ranechhap