वि.सं.२०८३ जेठ १३ बुधवार

डिडिसीले गर्‍यो दूध किसानलाई १२ करोड भुक्तानी

khanepani

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड भुक्तानी गरेको छ ।

पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डिडिसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था ९डिडिसी० ले रु ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ ।

ranechhap