काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन अर्थात् मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ तोकिएको छ।
सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ।
मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।








































