वि.सं.२०८३ जेठ १३ बुधवार

आफूलाई संसद् बैठकबाट निष्कासन गर्न हर्कराज राईको माग

khanepani

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईले आफूलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम आफूलाई बैठकबाट बाहिर निकाल्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै राईले आफ्नो आसनबाट उठेर प्लेकार्ड देखाएर विरोध गरेका थिए । त्यसपछि उनलाई बोल्न सभामुख डोलप्रसाद अर्यालले समय दिए ।

त्यसपछि बोल्दै उनले कि नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन निर्देशन दिन र त्यो गर्न नसक्ने भए आफूलाई नियमावलीको नियम ३१ को उपनियम (१) बमोजिम निष्कासन गर्न माग गरेका हुन् ।

ranechhap