एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ बताएका छन् । सीएनएनका अनुसार, ट्रम्पले मध्यपूर्व तनाव कम हुने संकेत दिँदै रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग अब खुल्ने संकेत समेत गरेका छन् ।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका हुन् । सम्झौता धेरैजसो वार्ताबाट टुंगिएको र होर्मुज जलमार्ग खुलेसँगै विश्वका लागि राम्रो कुरा उनले बताए ।
ट्रम्पले सम्भावित सम्झौताबारे विस्तृत जानकारी भने दिएका छैनन् । तर अमेरिकी प्रशासनभित्र इरानसँग आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र समुद्री मार्ग सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ ।
रिपोर्ट अनुसार, ट्रम्प प्रशासन इरानसँग प्रत्यक्ष टकरावभन्दा पनि नयाँ कूटनीतिक समझदारीतर्फ अघि बढ्न खोजिरहेको संकेत देखिएको छ ।






































