एजेन्सी । उत्तरी चीनको सान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको ग्यास विष्फोटमा परी ८२ जनाको मृत्यु भएको छ ।
सान्सी प्रान्तको क्यिनुआन काउन्टीस्थित लिउसेन्यु कोइला खानीमा शुक्रवार उक्त दुर्घटना भएको हो ।
विष्फोटमा परी मृत्यु हुनेको संख्या ८२ पुगेको पुष्टि भएको छ । भने अन्य ९ जना कामदार अझै खानीभित्र फसिरहेका छन् । अहिले उद्धार कार्य जारी छ ।
खानीभित्र फसेकाहरूको खोजी र उद्धारका लागि सुरक्षाकर्मी तथा उद्धारकर्मीहरू परिचालन गरिएको छ ।
विष्फोटको विस्तृत विवरण र क्षतिको पूर्ण विवरण संकलन गर्ने क्रम जारी रहेको जनाइएको छ ।






































