काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्नेगरी कानून निर्माण हुनुपर्नेमा जोड दिए ।
पूर्वसांसद मञ्चद्वारा आयाजि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताए । उहाँले पुराना र असान्दर्भिक कानूनको संशोधन वा खारेजी तथा प्रविधिमैत्री नयाँ कानून निर्माण अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको बताए ।
अर्यालले देश निर्माणका लागि तीन पुस्ताको भुमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
कानून निर्माण प्रक्रियामा व्यवहारिकताको अभाव रहेको भन्दै उहाँले वर्तमान सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धी व्यवस्थाको आलोचना गरे ।
उहाँले लाइसेन्स परीक्षाको प्रक्रियामा रहेको ९० दिनको समयसीमा र कतिपय अवस्थामा राखिएको शैक्षिक योग्यताको प्रावधानप्रति पनि आपत्ति जनाए।
लिखित परीक्षामा अनुत्तिर्ण हुनेले तीन महिनासम्म कुर्नुपर्ने नियम अव्यवहारिक रहेको र यसले नागरिकको जीविकोपार्जनमा समेत बाधा पु¥याएको उहाँको तर्क छ ।









































