वि.सं.२०८३ जेठ ५ मंगलवार

पाथिभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेद्वारा सरकारको ध्यानाकर्षण

khanepani

काठमाडौ । नेकपा एमालेका सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथिभरा मुकुम्लुङमा निर्माणाधीन केवलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथिभरा केवलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणाको माग गरे ।

केवलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएका कारण ताप्लेजुङका जनतामा अन्योल छाएको उल्लेख गरे ।

सांसद थेबेले एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबीच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजनाको माग गरे ।

ranechhap