पोखरा । पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथ सडकपेटीमा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तिब्रता दिएको छ ।
महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो ।
नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाका अनुसार फुटपाथ पैदलयात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने हुँदा यो कदम चालिएको हो ।
महानगरपालिकाले तोकेका निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने बताए ।








































