काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुनको मूल्य बढेर तीन लाख नाघेको छ ।
यस दिन सुन प्रतितोला चार हजार ४०० रुपैयाँ र चाँदी तोलामा ३५५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा ३ सय ५५ रुपैयाँले बढेको छ । जसअनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, आज चाँदी प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ ।






































