वि.सं.२०८३ वैशाख २७ आइतवार

रास्वपाको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे, सचिवालयले अन्य के के निर्णय गर्यो ?

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ ।

प्रवक्ता मनिष झाका अनुसार पाण्डेलाई शिक्षा विभागको प्रमुखमा पाण्डेलाई मनोनयन गरेको हो । त्यस्तै स्टार्ट-अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी, राट (र्यापिड एक्सन टिम) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप-प्रमुखमा पुर्व डीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

त्यस्तै सचिवालय बैठकले कर्णाली प्रदेशको सह-महामन्त्रीमा राज बहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ ।

ranechhap