वि.सं.२०८३ वैशाख २७ आइतवार

जबरजस्ती करणी, यौनजन्य हिंसा र बालबालिकासम्बन्धी कसुरमा कडा सजायको तयारी, आगामी अधिवेशनमा विधेयक पेस हुने

khanepani

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले जबरजस्ती करणी, यौनजन्य हिंसा र बालबालिका सम्बन्धी जघन्य अपराधमा संलग्नहरूलाई कडा दण्ड-सजाय सुनिश्चित गर्न कानुनी संशोधनको प्रक्रिया अगाडि बढेको जानकारी दिएकी छन्।

मन्त्री गौतमले आफ्नो फेसबुक पोस्टमार्फत बलात्कार र बलात्कारपछि हुने हत्या जस्ता गम्भीर कसुरमा पीडितलाई शीघ्र न्याय प्रदान गर्न अपराध संहिता लगायतका कानुनमा देखिएका अवरोधहरू पहिचान गरिएको बताएकी हुन्।

यस विषयमा मिहिन रूपमा अध्ययन गरी आवश्यक संशोधनका लागि गठन गरिएको अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन पेस गरिसकेको छ। कानुनमा रहेका छिद्रहरूलाई हटाएर दोषीलाई कानुनी कठघरामा ल्याउन र दण्ड सुनिश्चित गर्न सरकारले गृहकार्य गरिरहेको उनले उल्लेख गरेकी छन्।

‘उक्त प्रतिवेदनलाई आधार मानेर संसद्को आगामी अधिवेशनमा संशोधन विधेयक पेस गरिनेछ,’ भन्दै मन्त्री गौतमले भनेकी छन्।

ranechhap