वि.सं.२०८३ वैशाख २१ सोमवार

राष्ट्रपति कार्यालयको वेबसाइटमा फेरि देखिए हराएका विज्ञप्ति

khanepani

काठमाडौ । काठमाडौ राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएका जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू फेरि देखिएका छन्।

राष्ट्रपति कार्यालयको वेबसाइट मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएपछि कार्यालयले वेबसाइट डेभ्लपर्सलाई के भएको हो भनी सोधेको थियो।

उहाँहरूले सानो प्राविधिक गल्तीका कारणले ती सूचनाहरू हराएको र अहिले फेरि आइसकेको जानकारी दिनुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले भने,‘के गल्ती भएको रैछ उहाँहरूले भन्नुहोला।

वेबसाइटमा शनिबार राति १: ४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११:३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आम चासो बढेको थियो।

ranechhap