वि.सं.२०८३ वैशाख २३ बुधवार

गायक रामकृष्ण ढकालको पक्षमा उभिए राप्रपाका महामन्त्री पाठक, घृणाको विष फैलाएर कलाको हत्या नगर्न गरे अपिल

khanepani

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनको निर्माणमा बनेको चलचित्र मालती मंगले बहिष्कार गर्न सामाजिक सञ्जालमा चलेको अभियानप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले आपत्ति जनाएका छन्। उनले उक्त अभियानलाई ‘आधारहीन’ भन्दै कलामाथि आक्रमण नगर्न अपिल गरेका छन्।

पाठकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा कलाकारको व्यक्तिगत सम्बन्ध वा एउटा घटनालाई आधार बनाएर सृजनामाथि सामूहिक बहिष्कारको अभियान चलाउइनु ‘घृणाको विष फैलाएर कलाको हत्या गर्नु सरह’ भएको बताएका छन्।

पछिल्लो समय ढकालले आफ्ना मित्र तथा रवी लामिछानेलाई जेनजी आन्दोलनका क्रममा सहयोग गरेका थिए । उनी गाडी लिएरै नख्खु कारागार पुगेर रविलाई लिएर फिरेका थिए । यही विषयलाई लिएर विवाद चर्किएको छ। सोही प्रसंगलाई जोड्दै सामाजिक सञ्जालमा ढकाल र उनको फिल्म बहिष्कार गर्नुपर्ने आवाज उठिरहेको छ।

तर पाठकले कलाकारलाई राजनीतिक मतभेद वा व्यक्तिगत सम्बन्धका आधारमा ‘रद्द’ गर्ने प्रवृत्ति खतरनाक भएको टिप्पणी गरेका छन्। ‘यदि यसरी हरेक कलाकारलाई निजी सम्बन्धका आधारमा बहिष्कार गर्ने हो भने, अन्ततः कुनै पनि कलाकार बाँकी रहने छैन,’ उनले लेखेका छन्।

उनले ढकाललाई नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कलाकारका रूपमा उल्लेख गर्दै उनका सिर्जनाले नेपाली समाजलाई एकताबद्ध गरेको दाबी गरेका छन्। साथै, ‘मालती मंगले’ चलचित्रबारे दर्शकले प्रदर्शनपछि आफ्नै विवेकले निर्णय लिनुपर्ने उनले बताएका छन्।

पाठकले बहिष्कारको संस्कृति बढ्दै जाँदा समाजमा असहिष्णुता फैलिने चेतावनी दिँदै असहमतिलाई सहिष्णु ढंगले लिन आग्रह गरेका छन्। उनले कानुनी विषय कानुनमार्फत समाधान हुनुपर्ने र अनेक बहानामा कला र कलाकारमाथि आक्रमण गर्नु उचित नहुने उल्लेख गरेका छन्।

ranechhap