वि.सं.२०८३ वैशाख २३ बुधवार

सरकारलाई श्रम संस्कृति पार्टीको चेतावनी- संविधानको मर्म विपरीतका कार्यमा नागरिक प्रतिरोध वैध हुनेछ

khanepani

काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारले काठमाडौं उपत्यकालगायत देशभर सुकुम्वासी व्यवस्थापनका नाममा डोजर चलाएकोप्रति आपत्ति जनाएको छ। महासचिव आरेन राईले आज विज्ञप्ति जारी गर्दै बलपूर्वक दमन गरेको भन्दै आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘वास्तविक सुकुम्वासीहरूको अधिकारलाई बेवास्ता गर्दै गरिएको कुनै पनि कदम वैद्य, न्यायोचित वा दिगो हुन सक्दैन।’

सुकुम्वासी व्यवस्थापनको नाममा भइरहेको जबरजस्ती विस्थापन, घरटहरा हटाउने तथा बल प्रयोग गर्ने सबै कार्य तत्काल रोक्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एकपक्षीय, दमनकारी र असंवेदशील नीति निरन्तर लागू गरिन्छ भने यसले राज्य र नागरिकबिचको विश्वासको सम्बन्धलाई गम्भीर रूपमा कमजोर पार्नेछ। हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ कि संविधानको मर्म विपरीत गरिने कुनै पनि कदमप्रति नागरिक प्रतिरोध स्वाभाविक र वैध हुनेछ।’

ranechhap