वि.सं.२०८३ वैशाख २१ सोमवार

राजनितिक दलहरु चुनावसँग डराए, प्रधानमन्त्री बनाइदिन केहि सांसद नागरिकता लिएर सर्वोच्च जाने तयारीमा

khanepani

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षी गठबन्धनका ५ दल सर्वोच्च जाने तयारीमा छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू सर्वोच्च जाने तयारी छ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले दिएको जानकारीअनुसार सकेसम्म आजै सर्वोच्च जाने तयारी छ।

‘अहिले वकिलहरूले आवश्यक कागजपत्र तयार गर्दै हुनुहुन्छ,’ उनले भने, ‘सकेसम्म आजै सर्वोच्च जान्छौं।’

सांसदहरूलाई नागरिकता लिएर आउनसमेत भनिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू सर्वोच्च जाने तयारीमा छन्।

शनिबार बसेको विपक्षी ५ दलले प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका थिए।

शुक्रबार राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन्।

वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै उक्त निर्णय गरिएको भन्दै दलहरूले विरोध गरिरहेका छन्। देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित वैकल्पिक सरकारको दाबी गरेका थिए।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसद आफूसँग रहेको भन्दै वैकल्पिक सरकारको दाबी गरेका थिए।

तर राष्ट्रपति कार्यालयले दुवै जनाको दावी नपुग्ने देखिएको जवाफ दिएको थियो। त्यही मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

यसअघि पुस ५ मा प्रतिनिधि सभा विघटन हुँदा सर्वोच्चले फागुन ११ मा प्रतिनिधि सभा व्युँताइदिएको थियो।

ranechhap